Sorry, your browser does not support JavaScript! राष्ट्रियसभा अधिवेशन अन्त्य – Merodesh.news

राष्ट्रियसभा अधिवेशन अन्त्य

काठमाडौँ/राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य भएको छ । पुस १७ गतेदेखि सुरु भएको राष्ट्रियसभाको सातौँ अधिवेशन आइतबारदेखि अन्त्य भएको हो । आइतबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्यका लागि पठाएको पत्र पढेर सातौँ अधिवेशन आइतबार राति १२ बजेदेखि स्वत् अन्त्य हुने बताए ।

पुस १७ देखि सुरु भएको अधिवेशन जम्मा दश दिन चालु भएर अन्त्य भएको हो । यस अधिवेशनमा जम्मा चारवटा बैठकहरु भएका छन् । सातौँ अधिवेशनमा संवैधानिक परिषद्, काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७७, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७७, औषधि तेस्रो संशोधन अध्यादेश २०७७, यौनिक हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ गरी सातवटा अध्यादेश सभामा पेश भएका थिए ।

अधिवेशन अवधिभरमा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा वक्तव्य दिएका थिए भने राष्ट्रियसभा अध्यक्षले जारी गरेको राष्ट्रियसभाका समितिहरुको गठनसम्बन्धी आदेश २०७७ सर्वसम्मत् समितिबाट अनुमोदन भएको थियो । त्यसैगरी राष्ट्रियसभा सदस्य बामदेव गौतमलाई राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनित गरिएको थियो भने मधेसी आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ र थारु आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ सभासमक्ष पेश भएको थियो ।

दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६/०७७ र विधायन व्यवस्थापन समितिको विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७६/०७७ सभासमक्ष पेश भएका थिए ।

सातौँ अधिवेशनमा प्रतिनिधिसभा सदस्यहरु सानु शिवा र सूर्यबहादुर केसी, राष्ट्रियसभाका पूर्वसदस्यहरु दिपकबहादुर गुरुङ, इन्द्रहाङ लिम्बू र राममान श्रेष्ठ, संविधानसभा सदस्यहरु भीमप्रसाद गौतम र मानपुर चौधरी, प्रतिनिधिसभाका पूर्वसदस्य ओमकारप्रसाद गौचन र वीरबहादुर लामा र २०६३/०६४ को अन्तरिम व्यवस्थापिका संसदको पूर्वसदस्य कमानसिंह लामाको निधनको शोक प्रस्तावहरु पारित गरिएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु
विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

विराटनगर । विराटनगरमा स्कुल जाँदै गरेकी एक बालिकाको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आइतबार भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ७०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ६ वर्षीया बालिका[...]

क्यापिटल हिलमाथि अराजक भिड र महँगो धुन्धुकारी
क्यापिटल हिलमाथि अराजक भिड र महँगो धुन्धुकारी

हरि अधिकारी गत ६ तारिखका दिन संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डिसीको क्यापिटल हिलस्थित सङ्घीय संसद् भवनमा जुन आयतनमा शक्ति प्रदर्शन, तोडफोड र हिंसाचार प्रदर्शन भयो, त्यो यस महान् लोकतान्त्रिक[...]

हार्ट अट्याक हुनु एक महिना अघिदेखि शरीरमा देखा पर्नसक्ने केही लक्षण
हार्ट अट्याक हुनु एक महिना अघिदेखि शरीरमा देखा पर्नसक्ने केही लक्षण

विराटनगर/हृदयघात अर्थात् हर्ट अट्याक कुनै पनि समयमा अचानक हुन सक्छ । तर, हार्ट अट्याक हुनु केही समय वा एक महिना अघिदेखि नै शरीरमा केही लक्षणहरू देखा पर्न थाल्छ । शरीरमा[...]