Sorry, your browser does not support JavaScript! सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर - Merodesh.news

सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर

काठमाडौं, ८ जेठ । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री स्थलमार्गबाट बिहीबार काठमाडौं आइपुगेको छ ।

ती ट्रकले ८ टन स्वास्थ्य सामाग्री ल्याएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

यसअघि नेपाली सेनाले स्थलमार्गबाट ८ टन औषधि र वाइडवडीबाट करिब १९ टन स्वास्थ्य सामाग्री समेत ल्याइसकेको छ।

अहिलेसम्म सेनाले झण्डै ३५ टन औषधि ल्याएको छ।

यसैगरी थप १२ वटा कन्टेनर तातोपानी नाकाको चिनियाँ क्षेत्रमा आइसकेको प्रवक्ता पाण्डेले जानकारी दिए ।

सेनाले ३ सय ४१ टन स्वास्थ्य सामाग्री खरिदका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरेको थियो ।

ती स्वास्थ्य सामाग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) पठाइसकेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव
छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानको हत्या उनकै दुई छोराहरूले गरेको खुलेको छ । बाबु चौहानको जेठा र माइला छोरा मिलेर पाँचदिन अघि हत्या[...]

लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग
लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग

विराटनगर,८ जेठ । लकडाउनले पिडित बनेका मुसहरहरुलाई घर भत्काएर वडा अध्यक्षले नै बिचल्नी बनाएको भन्दै दलित सस्थाहरुले कार्वाहीको माग गरेका छन । महामारीको समयमा दैनिक ज्याला मजदुरी गर्नबाट बंचित हुँदा[...]

विश्वमा कोरोना : एकैदिनमा एक लाखभन्दा बढी संक्रमित
विश्वमा कोरोना : एकैदिनमा एक लाखभन्दा बढी संक्रमित

काठमाडौं, ८ जेठ । विश्वमा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । विगत २४ घण्टामा संसारभरिमा १ लाखभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित बनेका छन् । विश्व स्वास्थ्य संगठनका[...]