Sorry, your browser does not support JavaScript! लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग - Merodesh.news

लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग

विराटनगर,८ जेठ । लकडाउनले पिडित बनेका मुसहरहरुलाई घर भत्काएर वडा अध्यक्षले नै बिचल्नी बनाएको भन्दै दलित सस्थाहरुले कार्वाहीको माग गरेका छन ।

महामारीको समयमा दैनिक ज्याला मजदुरी गर्नबाट बंचित हुँदा भोकभोकै परिररहेका गरिब ,असहाय मुसहरहरुलाई संरक्षण गर्नुपर्नेमा उल्टै घर भत्काएर जनप्रतिनिधिले नै बिचल्नी बनाएको भन्दै दलित संघसस्थाहरुले घटनाको छानविन गरि पिडकलाई कार्वाहीको माग गरेका हुन ।

संकटको समयमा अति बिपन्न र दलितहरुलाई राहतको व्यावस्था गरी बचाउनु पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका वडा नं ३ गौतमपुरमा बासोवास गर्ने २५ घरपरिवार मुसहरहरुको घर वडा अध्यक्ष अरबिन्द मेहताको निर्देशमा भत्काइदिनु अमानविय र अत्यचारको भएको दलित अधिकारकर्मीहरुको ठहर छ ।

दलित अधिकारकर्मी अमर बराइलीका अनुसार १५ बर्ष अगाडिदेखि बसोबास गर्दै आएका उनीहरुलाई वाटो फराकिलो पार्ने भन्दै लकडाउनको सयममा घर भत्काएर उठीबास लगाइएको हो ।
लकडाउनको समयमा गरिबहरुमाथि अमानविय अत्यचार गर्ने वडा अध्यक्ष अरबिन्द मेहता र उनका मतियारहरुलाई पक्राउ गरेर कार्वाही गर्नुपर्ने माग दलितहरुको छ ।

पुर्व जानकारी विना लकडाउनको समयमा ६ र ७ जेठमा डोजर लगाएर सडक किनारमा बस्दै आएका २५ परिवार दलितहरुको घर भत्काइदिएपछि उनीहरु बिचल्नीमा परेका छन ।

यसैले बिचल्नीमा परेका दलित परिवारको उद्धार सहित पुर्नस्थापना गराउन अधिकारकर्मीहरुले सरकारसँग माग गरेका छन ।

स्थानिय अधिकारकर्मीहरुका अनुसार,घर भत्काइएका २५ परिवार मध्य ११ घरधुरी अहिले खुला आकाशमुनि रात बिताईरहेका छन ।

पानी परिरहेकोले ,उनीहरु अहिले रुखको मुनि ,पानीमा भिजेरै रात बिताउन बाध्य छन । पानीले भिजेर मुसहर बुद्धा र बालबालिकाहरु बिरामी परेका छन ।

स्थानिय मुसहर समुदायका अनुसार उक्त बस्तीमा बाटो बिस्तार गर्नका लागि कसैलाई पनि सार्वजानिक सुचना गरिएको थिएन ।

उक्त बस्तीमा श्यामवती ऋषिदेव, कमल ऋषिदेव महगा ऋषिदेव,शभ्मु ऋषिदेव,दारी ऋषिदेव हेर्नु ऋषिदेव घर भत्काइएको छ ।

बिचल्नीमा परेका मुसहर परिवारहरु भोकभोकै परेकोले उद्धारसँगै राहत सहयोग गर्न दलित संघ सस्था,मानवअधिकारकर्मी ,समाजसेवी ,सहयोगी दाता,अन्तराष्टिय गैरसरकारी संस्था लगायत सरोकारवाला सबैलाई अधिकारकर्मीहरुले आग्रह गरेका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु