Sorry, your browser does not support JavaScript! विश्वमा कोरोना : एकैदिनमा एक लाखभन्दा बढी संक्रमित - Merodesh.news

विश्वमा कोरोना : एकैदिनमा एक लाखभन्दा बढी संक्रमित

काठमाडौं, ८ जेठ । विश्वमा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ ।

विगत २४ घण्टामा संसारभरिमा १ लाखभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित बनेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार यतिधेरै संख्यामा एकै दिन विश्वव्यापी रुपमा मानिसहरु संक्रमित भएको सम्भवतः यो पहिलो घटना हो ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण समाप्त हुन अझै निक्कै लामो समय लाग्ने समेत जनाएको छ ।

यसको सबैभन्दा ठूलो मारमा विश्वका गरिब देशहरु पर्ने चिन्ता समेत संगठनले व्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अहनोम घेब्रियेससले निम्न र मध्यम आयस्तर भएका देशहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको बताए ।

विहीबार विहान सम्ममा विश्वमा ३ लाख २९ हजार २ सय ९४ जनाको मृत्यू भएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु