Sorry, your browser does not support JavaScript! लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे - Merodesh.news

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल
विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ ।

विराटनगर भन्सारबाट लकडाउनको पहिलो महिना चैतभरि भारतीय तरकारी भित्रिरहँदा प्रदेश १ का १० जिल्लाका सयौँ किसानको १५ करोड बराबरको तरकारी बिक्री नभएर खेतमै नष्ट भएको हो ।

कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेश नं १ का १० जिल्लाका किसानले उत्पादन गरेको काउली, बन्दा, टमाटर, साग, च्याउ, काँक्रा खोर्सानी, आलुलगायत ४ करोड ४० लाख ४९ हजार ७ सय ६६ मूल्य बराबरको तरकारी नष्ट भएको छ ।

एक महिनामा कुन–कुन तरकारी कति मूल्यको आयात भयो ?

विराटनगर भन्सार कार्यालयबाट लकडाउनको पहिलो महिना चैतमा मात्र १५ करोड बराबरको हरियो तरकारी आयात भएको छ । विराटनगर भन्सार कार्यालयका अनुसार चैत मसान्तसम्म ४ करोड ६३ लाख २१ हजार बराबरको १७ लाख २६ हजार ६ सय ७१ केजी आलु आयात भएको छ ।

यसैगरी २ करोड ७३ लाख ५८ हजार मूल्य बराबरको ६ लाख ९४ हजार ५ सय ९४ केजी प्याज आयात भएको छ । ७६ लाख ४० हजार रुपैयाँको ८४ हजार केजी लसुन आयात भएको छ ।

त्यसैगरी ५ करोड ३९ लाख ९४ हजार बराबरको ९ लाख ८४ हजार ९५ केजी हरियो तरकारीहरू आयात भएको छ । हरियो तरकारीहरूमा परवल, भिन्डी, करेला, खोर्सानी, बन्दालगायत छन् ।

कुन–कुन जिल्लामा कति मूल्यको तरकारी नष्ट ?

निर्देशनालयका अनुसार ताप्लेजुङमा १.७ मेट्रिक टन, पाँचथरमा ६, इलाममा २३.८३, झापामा २ हजार १ सय, मोरङमा २ हजार २ सय ५०, सुनसरीमा २ हजार ४ सय मेट्रिक टन तरकारी नष्ट भएको छ ।

त्यस्तै संखुवासभामा ९, भोजपुरमा ७.५, खोटाङमा १३.२८, उदयपुरमा २ सय मेट्रिक टन तरकारी नष्ट भएको छ । ताप्लेजुङमा ३६ हजार, पाँचथरमा १ लाख ८७ हजार, इलाममा ७ लाख ४१ हजार, ७ सय ६६, झापामा ४ करोड २० लाख, मोरङमा ४ करोड ५० लाख, सुनसरीमा ४ करोड ८० लाख बराबरको तरकारी नष्ट भएको छ ।

त्यस्तै संखुवासभामा ३ लाख ६० हजार, भोजपुरमा २ लाख ४५ हजार, खोटाङमा ४ लाख ८० हजार र उदयपुरमा ७० लाख बराबरको तरकारी नष्ट भएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल
कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल

नेपालमा ५९ जनालाई कोरोना संक्रमण देखिएको छ । सम्भावित महामारी नियन्त्रणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ । कोरोना परीक्षका लागि दायरा बढाइएको छ । विश्वभर फैलिएको कोरोनाको सम्भावित जोखिम[...]

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]