Sorry, your browser does not support JavaScript! प्रदेश १ मा एकैदिन १७ संक्रमित थपिए, थपिनेमा झापाका धेरै - Merodesh.news

प्रदेश १ मा एकैदिन १७ संक्रमित थपिए, थपिनेमा झापाका धेरै

विराटनगर, ८ जेठ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।

बुधबार एकैदिन १७ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या बढेको हो ।

बुधबार एकै दिन झापाका १५, सुनसरीका १ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सका अनुसार प्रदेश प्रयोगशाला र धरानमा गरिएको परीक्षणमा उनिहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

झापाका संक्रमित सबै कचनकवल गाउँपालिकाका छन् । सो पालिकामा यसअघि नै ९ जनामा कोरोना पुष्टि भएको थियो ।

संक्रमित मध्ये धनकुटाका एक पुरुष र धरानका एक महिला छन् ।

यसअघि धनकुटामा ६ जना संक्रमित भेटिएकोमा थप परीक्षण गर्दा एक जना भेटिएको हो ।

प्रदेश १ मा बुधबारसम्म पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको छ ।

यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।

प्रदेश १ का जिल्लागत तथ्याङ्क अनुसार सबैभन्दा धेरै उदयपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै झापामा २७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जना संक्रमित छन् ।

प्रदेशमा संक्रमित भएकामध्ये २६ जना निको भएर घर फर्किएका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल
कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल

नेपालमा ५९ जनालाई कोरोना संक्रमण देखिएको छ । सम्भावित महामारी नियन्त्रणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ । कोरोना परीक्षका लागि दायरा बढाइएको छ । विश्वभर फैलिएको कोरोनाको सम्भावित जोखिम[...]

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]