Sorry, your browser does not support JavaScript! यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित) - Merodesh.news

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक हास्य कलाकारको दुख र पिडालाई प्रस्तुत गरिएको छ ।

ट्रेलरमा एक चर्चित टेलिभिजन कलाकारको ३ दिनको जीवनलाई पर्दामा प्रस्तुत गरिएको देखाइएको छ । काठमाडौँदेखि सोलुखुम्बुसम्म गरेको यात्रा र त्यस बेलामा आउने विभिन्न अवस्थाहरूको कथालाई फिल्ममा उतारिएको छ । विशाल सापकोटाको निर्देशनमा तयार भएको फिल्ममा विपिनका साथ लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्म माघ २४ गते प्रदर्शनमा आउने भएको छ । फिल्मलाई दिनेश राउत र सुभाष थापाले संयुक्त रूपमा निर्माण गरेका हुन् । सार्वजनिक गरिएको फिल्मको पोस्टर झट्ट हेर्दा हलिउड फिल्म ‘जोकर’सँग मिलेको भन्दै आरोप लगाउँदै आएका दर्शकहरूले ट्रेलरलाई फरक पाउने छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]

‘झिँगेदाउ’ मा फरक भूमिका निभाउँदै केकी
‘झिँगेदाउ’ मा फरक भूमिका निभाउँदै केकी

विराटनगर, २४ मंसिर । फिल्म ‘झिँगेदाउ’ मा अभिनेत्री केकी अधिकारीले अहिलेको भन्दा फरक भूमिकामा देखिएकी छन् । फिल्ममा उनले गाउँले भूमिका निभाएको देखिन्छ । भकुन्डेबेसीको सेटमा छायांकन भइरहेको फिल्ममा केकीको[...]