Sorry, your browser does not support JavaScript! दुई मानवअधिकारकर्मी सम्मानीत - Merodesh.news

दुई मानवअधिकारकर्मी सम्मानीत

विराटनगर २४ मंसिर । मानव अधिकार दिवसको अवसरमा एक नम्बर प्रदेशका दुई जना मानव अधिकार रक्षक सम्मानित भए । मानव अधिकार सञ्जाल एक नम्बर प्रदेशले मंगलबार विराटनगरमा ७१औ विश्व मानव अधिकार दिवसको अवसरमा मन्जितना उपाध्याय र उमेश विश्वकर्मलाई सम्मान गरेको हो ।

दुई दशकदेखी मानव अधिकार रक्षक भएर सक्रिय उनीहरु दुवैलाई एक नम्बर प्रदेशका समाजिक विकास मन्त्री जिवन घिमिरेले दोसल्ला ओढाएर सम्मान गर्दै प्रमाणपत्र प्रदान गरे ।
सम्मानित रक्षक उमेश विश्वकर्मा मानव अधिकारका लागि स्रोत विकास मञ्च (रिडेफ) संस्थामा आवद्ध भएर दलित हक अधिकारका लागि क्रियाशिल छन् । यस्तै विराटनगर २ की रक्षक मन्जिता उपाध्याय साझा अभियानकालागि साझा मञ्च (कोकन) संस्थामार्फत हिंसा पिडित महिला र मानसिक रोगीहरुको अधिकारका लागि सक्रिय छिन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव
छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानको हत्या उनकै दुई छोराहरूले गरेको खुलेको छ । बाबु चौहानको जेठा र माइला छोरा मिलेर पाँचदिन अघि हत्या[...]

सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर
सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर

काठमाडौं, ८ जेठ । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री स्थलमार्गबाट बिहीबार काठमाडौं आइपुगेको छ । ती ट्रकले ८ टन स्वास्थ्य सामाग्री ल्याएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले[...]

लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग
लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग

विराटनगर,८ जेठ । लकडाउनले पिडित बनेका मुसहरहरुलाई घर भत्काएर वडा अध्यक्षले नै बिचल्नी बनाएको भन्दै दलित सस्थाहरुले कार्वाहीको माग गरेका छन । महामारीको समयमा दैनिक ज्याला मजदुरी गर्नबाट बंचित हुँदा[...]