काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर गएका छन् ।
प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि मंगलबार साँझ अस्पताल गएको प्रनमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री नियमित डायलासिसका लागि साँझ साढे ७ बजे अस्पताल गएको उनले बताए । डायलासिस सकिएपछि प्रधानमन्त्री ओली आजै अस्पतालबाट फर्किने उनले बताए ।
प्रधानमन्त्री ओलीको १० मङ्सिरमा त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । ओली उपचारपछि १९ मङ्सिरमा अस्पतालबाट डिस्चार्ज भएका हुन् ।