Sorry, your browser does not support JavaScript! भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण - Merodesh.news

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१ गोलले हराउँदै पुरुष फुटबलको स्वर्ण पदक जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई जित दिलाउन अभिषेक रिजाल र सुनिल बलले समान एक–एक गोल गरे । यता, पराजित टोली भुटानका लागि कप्तान चेन्चो ग्याल्सेनले गोल गरेका थिए ।

साग इतिहासमा पाँचौं पटक फाइनल पुगेको नेपालले अभिषेक रिजालको गोलमा अग्रता बनाएको थियो । उनले खेलको १७औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता बनाएका थिए । त्यसपछि खेलको ३७औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै खेल १–१ गोलको बराबरी फर्किएको थियो । उनको गोलपछि पहिलो हाफभरि नेपाल र भुटान बराबरीमा रोकिए ।

तर, दोस्रो हाफमा भने नेपालले गोल गर्दै अग्रता बनायो । खेलको ५३औं मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई अग्रता बनाए । त्यसपछि बाँकी समयमा गोल हुन नसकेपछि नेपालले उक्त खेल २–१ गोलले जितेको हो ।

यससँगै नेपाल पुरुष फुटबलमा स्वर्ण पदक जित्न सफल भयो । नेपाल अघिल्लो सागअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विजेता हो । उसले सन् २०१६ मा भारतको गुहावटीमा भएको फाइनलमा खेलमा घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।

तर, सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको भुटान भने रजत पदकमै सीमित बन्यो । गत शनिबार दशरथ रंगशालामा श्रीलंकाविरुद्व ३–० गोलको प्रभावशाली जित निकालेपछि ऊ सागमा पहिलो पटक फाइनलमा पुगेको थियो । यसअघिका सागमा भूटान समूह चरणबाटै बाहिरिँदै आएको थियो ।

नेपालले भने बंगलबादेशलाई १–० गोलले हराउँदै स्वर्ण नजिक स्थान बनाएको थियो । यस प्रतियोगितामा अपराजित रहेको नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोलले हराउँदा दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी रोकियो । यस्तै तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोलले हराएको नेपालले अन्तिम खेलमा बंगलादेशलाई १–० ले हराएको हो । पुरुष फुटबलमा माल्दिभ्सले कास्य पदक जितेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]

पहिलो हाफमा नेपाल र भुटानको बराबरी
पहिलो हाफमा नेपाल र भुटानको बराबरी

विराटनगर, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तको पहिलो हाफमा नेपाल र अन्डरडग[...]