Sorry, your browser does not support JavaScript! विवाहपछि महिला र डिभोर्सपछि पुरुष मोटाउँछन् ! – Merodesh.news

विवाहपछि महिला र डिभोर्सपछि पुरुष मोटाउँछन् !

विराटनगर, २४ मंसिर । धेरैजसो महिलाहरू विवाहपछि छिट्टै मोटाउने गरेको देखिन्छ । दुब्ली पातली महिलाहरूसमेत विवाहपछि मोटाउने गर्छन् । विवाहपछि जिम्मेवारी बढ्नुका साथै घरको काम, तनाव पनि बढ्ने गर्छ जसकारणले उनीहरू आफ्नो शरीरमा ध्यान दिन पाउँदैनन् र शरीरको तौल बढ्दै जान्छ ।

बिहेपछि पतिको परिवारको बढी सेवा गर्नुपर्ने र महिलाहरू आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरतामा कम मात्र महत्व दिने गरेको पाइएको छ । जसले गर्दा महिलाहरू मोटो हुँदै जान्छन् । तर, अमेरिकामा गरिएको एक अनुसन्धानमा बिहेपछि एक्लो, सम्बन्ध विच्छेदपछि पुरुषहरू मोटाउने तथ्य पत्ता लागेको छ ।

ओहायो विश्वविद्यालयमा गरिएको उक्त अध्ययनमा पुरुषहरू भने बिहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको पाइएको छ । विवाहपछि पुरुषहरूले मानसिक मात्र नभएर शारीरिक रुपमै बढि उर्जा खर्च गर्नुपर्ने हुन्छ । विवाहपछि धेरैजसो पुरुषहरू महिलाको भर गर्ने हुन्छन् । तर, डिभोर्सपछि एक्लो हुँदा तनावका कारणले आफ्नो शरीर र खानपानमा ध्यान दिन नसक्दा, ध्यान दिने मानिस नहुँदा मोटाउने गर्छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु