Sorry, your browser does not support JavaScript! नेपालविरुद्ध बराबरीमा फर्कियो भुटान - Merodesh.news

नेपालविरुद्ध बराबरीमा फर्कियो भुटान

विराटनगर, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालविरुद्ध अन्डरडग भुटान बराबरीमा फर्किएको छ ।

दशरथ रंगशालामा भइरहेको उक्त खेलमा भुटानले ३७औं मिनेटमा गोल गर्दै बराबरीमा फर्किएको हो । यसअघि अभिषेक रिजालको गोलमा नेपालले अग्रता बनाएको थियो । उनले खेलको १७औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता बनाएका थिए ।

सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपालबीचको खेल रोमाञ्चक भइरहेको छ । नेपाल अघिल्लो सागअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विजेता हो । उसले सन् २०१६ मा भारतको गुहावटीमा भएको फाइनलमा खेलमा घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]