Sorry, your browser does not support JavaScript! वसन्तपुरको युमा संग्राहलयको उद्घाटन, चोलुङ पार्कमा ७ दिनको बृहत मेला आयोजना हुँदै - Merodesh.news

वसन्तपुरको युमा संग्राहलयको उद्घाटन, चोलुङ पार्कमा ७ दिनको बृहत मेला आयोजना हुँदै

सवीन घिमिरे
वसन्तपुर, २४ मंसिर । नेपालको रमणीय पर्यटकीयस्थल तेह्रथुमको वसन्तपुरमा अवस्थित चोलुङ पार्कमा बनेको युमा संग्राहलयको उद्घाटन आगामी ३ पुसमा हुने भएको छ । लालिगुराँस नगरपालिकाको सहयोगमा निर्माण गरिएको ‘चोलुङ’ पार्कमा अवस्थित यस संग्राहलयको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ्ग (बैरागी काइँला) को वाहुलीबाट हुन लागेको लालीगुराँस नगरपालिकाको प्रमुख अर्जुन माबुहाङ्गले जानकारी दिए ।

उनका अनुसार सो दिन नेम्बाङ्गले अओना (वास्तु ) पूजा गरेर यसको उद्घाटन गर्ने छन् । सो दिन संग्राहलयको घर पैचो हुने जसको लागि ५०–६० वटा च्याब्रुङ्ग नृत्य प्रदर्शन साथै प्रतिस्पर्धा गराइने प्रमुख माबुहाङ्गले बताए । त्यसका साथसाथै उक्त दिन छेलो हान्ने, हाम फाल्ने, धाननाच जस्ता प्रतियोगिता आयोजना गरिनेछ ।

यस अवसरमा लालीगुराँस नगरपालिकाले चोलुङ पार्कमा लगभग सात दिनको महोत्सव आयोजना गरेको छ । उक्त महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनुका साथै विभिन्न खेलहरू र स्टलहरू राखिने छन् । यस महोत्सवमा देश तथा विदेशबाट पनि हजारौँको संख्यामा पर्यटकहरू यहाँ उपस्थित हुने विश्वास गरिएको छ ।

युमा संग्रहालयमा लिम्बू जातिको आदिम सभ्यताहरू प्रतिबिम्बित हुने र यसलाई अवलोकन र अध्ययन गर्न नेपालका विभिन्न ठाउहरू तथा संसारका विभिन्न देशबाट मानिसहरू आउने हुँदा यहाँबाट उठेको रकम लालीगुराँस नगरपालिकाको हित र विकासको लागि प्रयोग गरिने प्रतिवद्धता रहेको नगर प्रमुख माबुहाङ्गले जानकारी दिए । चोलुङ पार्कले यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास रहेको उनले बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]