काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण हात पारेको छ । सातदोबाटोस्थित कराँते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका हुन् ।
सनीलले भारतका खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन् । भारतका साविक विजेता अभिरन्दर सिंहलाई हराउँदै उनले स्वर्ण पदक हात पारे । यससँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।