Sorry, your browser does not support JavaScript! निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम - Merodesh.news

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम

विराटनगर, २४ मंसिर । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको हो ।
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको हो । आज सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु ७० हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ५०० निर्धारण गरेको छ ।

पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले घटेको छ । सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदीको मूल्यमा प्रतितोला रु ५ ले घटेर रु ८३० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

गत बुधबार छापावाला सुन प्रतितोला रु ७२ हजार २०० र तेजाबी सुन रु ७१ हजार ९०० मा खरिदबिक्री भएको थियो । सुनको मूल्य बिहीबार प्रतितोला रु २००, शुक्रबार रु ३००, आइतबार रु ५०० र सोमबार प्रतितोला रु २०० ले घटेको थियो । रासस

Advertise Expired !

सम्बन्धित समाचारहरु

नियमित डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली
नियमित डायलासिसका लागि अस्पताल पुगे प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर गएका छन् । प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि मंगलबार साँझ अस्पताल[...]

सागमा नेपालको स्वर्ण संख्या ५० पुग्यो, सनीलले बक्सिङमा जिते ‘गोल्ड’
सागमा नेपालको स्वर्ण संख्या ५० पुग्यो, सनीलले बक्सिङमा जिते ‘गोल्ड’

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालले स्वर्ण हात पारेको छ । सातदोबाटोस्थित कराँते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा नेपालका[...]

आफ्नै खर्चमा काठमाडौं फर्किए महिला फुटबलर !
आफ्नै खर्चमा काठमाडौं फर्किए महिला फुटबलर !

काठमाडौँ, २४ मंसिर । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेको राष्ट्रिय महिला फुटबल टोलीका खेलाडी पुरुष फुटबलको फाइनल हेर्नका लागि आफ्नै खर्चमा काठमाडौं फर्किएका छन् ।[...]