Sorry, your browser does not support JavaScript! कपिल शर्मा बने छोरीका बुबा - Merodesh.news

कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।

कपिलले आफ्नो औपचारिक सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना शुभचिन्तकलाई आफू बुबा बनेको खुशीको खबर बाँडेका छन् । छोरीको बुबा बनेपछि उनलाई फ्यानहरूले बधाई दिइरहेका छन् । कपिलले गिन्नीसँग गत वर्षको डिसेम्बरमा बिहे गरेका थिए । आफ्नो रियालिटी शोमा व्यस्त भएपनि कपिल परिवारलाई समय दिइरहेका हुन्छन् । बिहे गरेको एक वर्षपछि कपिल बुबा बनेका हुन् ।

कपिलले एक महिना अगाडि नै ‘दि कपिल शर्मा’ शोका केही भाग छायांकन गरेर सकाएका छन् । शोका केही भाग पहिले नै छायांकन सकेर कपिल गिन्नी र परिवारलाई समय दिन चाहन्छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

‘झिँगेदाउ’ मा फरक भूमिका निभाउँदै केकी
‘झिँगेदाउ’ मा फरक भूमिका निभाउँदै केकी

विराटनगर, २४ मंसिर । फिल्म ‘झिँगेदाउ’ मा अभिनेत्री केकी अधिकारीले अहिलेको भन्दा फरक भूमिकामा देखिएकी छन् । फिल्ममा उनले गाउँले भूमिका निभाएको देखिन्छ । भकुन्डेबेसीको सेटमा छायांकन भइरहेको फिल्ममा केकीको[...]