Sorry, your browser does not support JavaScript! नेपालको ‘प्लेइङ सेट’ सार्वजनिक, यस्तो छ भुटानविरुद्ध खेल्ने टिम - Merodesh.news

नेपालको ‘प्लेइङ सेट’ सार्वजनिक, यस्तो छ भुटानविरुद्ध खेल्ने टिम

विराटनगर, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलका लागि नेपालले भुटानविरुद्ध खेल्ने सुरुआती ११ सार्वजनिक गरेको छ । स्वर्णका लागि हुन लागेको भिडन्तका लागि नेपालले अन्डरडग भुटानसँग प्रतिस्पर्धा गर्ने ‘प्लेइङ सेट’ सार्वजनिक गरेको हो ।

दशरथ रंगशालामा हुने खेलका लागि कप्तान सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ, नितिन थापा, विक्रम लामा, सुनील बल, अभिशेख रिजाल, अनन्त तामाङ, विकाश खवास, मिक्चेन तामाङ र विकेश कुथु रहेका छन् ।

आजको खेलमा रेजिन शुब्बा खेल्ने छैनन् । उनले बंगलादेशविरुद्धको खेलमा दोस्रो पहेलो कार्ड पाएका थिए ।

नेपाल र भुटानबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपालबीचको खेल रोमाञ्चक हुने देखिन्छ ।

नेपाल अघिल्लो सागअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विजेता हो । उसले सन् २०१६ मा भारतको गुहावटीमा भएको फाइनलमा खेलमा घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]