Sorry, your browser does not support JavaScript! ७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना - Merodesh.news

७१औँ विश्व मानव अधिकार दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी सर्मा ओलीले ७१औँ विश्व मानव अधिकार दिवसको असवरमा शुभकामना दिएका छन् । ओलीले मंगलबार विश्व मानव अधिकार दिवसको अवसरमा लिखित शुभाकामना सर्वाजनिक गरेका हुन् ।

मानव अधिकारको उल्लंघन हुन नदिने र उल्लंघन भएमा व्यक्तिलाई कानूनको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्ति तथा न्याय दिलाउन सरकार सक्रिय रहेको उनले शुभकामनामा व्यक्त गरेका छन् । संविधानमा नै मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष भएका मानव अधिकारसम्बन्धी महासन्धिद्वारा व्यवस्था गरिएका सबै प्रकारका मानव अधिकारहरुलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ ।

उनले शुभकामनामा भनेका छन्, ‘मौलिक हकसम्बन्धी कानून निर्माण भइ कार्यान्वयनमा भइरहेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगलाई थप प्रभावकारी बनाउन कानूनी तथा संरचनात्मक व्यवस्थामा संशोधन गरी पीडितलाई न्यायको अनुभूति गराइने शुभकामना सन्देशमा उल्लेख छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने
नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा[...]

कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला
कांग्रेसको महाधिवेशन एक वर्ष पछि सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो[...]

मन्त्रीको ठाडाे आदेशमा अस्पतालमा कर्मचारी भर्ना, नासु नवराज लुइँटेलको नियुक्तिको फाइल गायब
मन्त्रीको ठाडाे आदेशमा अस्पतालमा कर्मचारी भर्ना, नासु नवराज लुइँटेलको नियुक्तिको फाइल गायब

विराटनगर, २३ मंसिर । १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेको ठाडो आदेशमा कोशी अस्पतालमा कर्मचारी नियुक्त भएको राष्ट्रिय सर्तकता केन्द्रले निष्कर्ष निकालेको छ । नियमसम्बद रूपमा कर्मचारी भर्ना गर्नुपर्ने[...]