Sorry, your browser does not support JavaScript! सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक – Merodesh.news

सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक

विराटनगर, २४ मंसिर । शरीरमा दुखाइ हुँदा तेल लगाउने वा तेलले मालिस गर्ने प्रचलन पहिलेदेखि नै चलिआएको छ । टाउको, पेट, गोडा दुखे तेल, मांशपेशी दुखे, पैतालामा तथा शरीरको हरेक दुखाइमा तेल लगाउने गर्दा प्रभावकारी पनि हुन्छ ।

शरीरका लागि तेल लगाउनु निकै फाइदाजनक हुन्छ । राति सुत्नुअघि पैतालामा हल्का तेलले मालिस गर्नाले स्वास्थ्यसम्बन्धी थुप्रै फाइदा प्राप्त हुने गर्छ । तेलले मालिस गर्नाले नसामा फाइदा पुग्ने भएकाले नियमित रूपले तेल लगाउँदा गोडासम्बन्धी, जोर्नीको दुखाइ, खुट्टाको मासु दुख्ने, पैताला दुख्ने जस्ता धेरै समस्या हट्छन् । पैताला, जोर्नी र गोडा दुखिरहने समस्या छ भने तेल तताएर नियमित मालिस गर्दा छिट्टै यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ । दिनहुँ पैतालामा तेल लगाउँदा रक्तसञ्चारमा सुधार आउने गर्छ ।

मानव शरीरमा बगिरहने रगतले शरीरका कोशिकाहरूमा अक्सिजन तथा पोषण पु¥याउने काम गर्दै शरीरका विकार र विषाक्त पदार्थहरूलाई शुद्ध पार्ने काम गरिरहेको हुन्छ । तनावमा रहेको बेलामा रक्त प्रवाह सीमित हुने भएकाले तनावको स्थितिमा पैतालामा तेलको मालिसले रक्त प्रवाहलाई जारी राख्न मद्दत गर्छ । रक्तचाप कम भएका बिरामीहरूले राति सुत्नुभन्दा १० मिनेटअघि पैतालामा मालिस गरेर सुत्ने गर्दा मुड स्विङ तथा तनावको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

पैतालाको नसा सिधा रूपमा मस्तिष्कसँग जोडिएको हुने हुँदा पैतालामा तेल लगाएर मालिस गर्दा टाउको दुख्ने समस्यासमेत कम हुन्छ । राति सुत्नुभन्दा १५ मिनेटअघि खुट्टा सफा गरेर तातो तेल लगाएर पैताला मालिस गर्दा दिमाग शान्त हुनुका साथै भोलिपल्ट बिहान उठ्दा ताजापन महशूस हुनुका साथै दिनभरि काममा मन पनि लाग्ने गर्छ ।

शरीरमा धेरै प्रकारका एसिडहरू बनिरहेका हुन्छन् । नियमित रूपमा पैतालामा तेल लगाउने गर्दा शरीरबाट नचाहिने एसिडहरू बाहिर निस्कन्छ । नियमित २० मिनेट जति पैतालामा मालिस गर्दा मांशपेशीमा हुने थुप्रै समस्यालाई निम्त्याउने ल्याक्टिक एसिडलाई बिस्तारै नाश गराउन थाल्छ । अहिलेकाहरू मानिसहरू मालिस गर्नका लागि मसाज र स्पा सेन्टर जाने गर्छन् । तर, यस्तो ठाउँमा जानुभन्दा दिनहुँ आफैँले तेलको मसाजले शरीरलाई निकै फाइदा पुग्ने गर्छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

हार्ट अट्याक हुनु एक महिना अघिदेखि शरीरमा देखा पर्नसक्ने केही लक्षण
हार्ट अट्याक हुनु एक महिना अघिदेखि शरीरमा देखा पर्नसक्ने केही लक्षण

विराटनगर/हृदयघात अर्थात् हर्ट अट्याक कुनै पनि समयमा अचानक हुन सक्छ । तर, हार्ट अट्याक हुनु केही समय वा एक महिना अघिदेखि नै शरीरमा केही लक्षणहरू देखा पर्न थाल्छ । शरीरमा[...]

निःसन्तान हुनुमा महिलालाई मात्र दोष दिनु गलत
निःसन्तान हुनुमा महिलालाई मात्र दोष दिनु गलत

डा. दिपककुमार ठाकुर युरोलोजिस्ट, विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल विवाह गरेको लामो समय बितिसक्दा, पति–पत्नी नियमित यौन–सम्पर्कमा हुँदा पनि बच्चा नबस्दा, लामो समयसम्म बच्चा जन्माउने प्रयाग गर्दा–गर्दै पनि सफल[...]

शनिबारदेखि भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु हुँदै
शनिबारदेखि भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु हुँदै

विराटनगर । भारतमा १६ जनवरी अर्थात् ३ माघदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु हुने घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई महिनाभित्र ३० करोड भारतीयलाई कोरोना भाइरसविरुद्धको खोप[...]