Sorry, your browser does not support JavaScript! बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना - Merodesh.news

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै सुनिन्छ । तर, कोलम्बियामा एक नवजात शिशु जन्मिनुअगाडि नै गर्भवति भएको खबर सार्वजनिक भएको छ ।

युएस नेशनल अफ हेल्थ रिपोर्टिङका अनुसार यस्तो प्रकारको घटना पाँच लाख जन्मने बच्चामा एकजनामा देखापर्ने गर्छ । डाक्टरहरूले भर्खर जन्मेकी बालिका इत्जमाराकी आमा मोनिका भेगा सात महिनाकी गर्भवती हुँदा उनको पेटभित्रको सन्तानको पनि पेटभित्र भ्रुण भएको पत्ता लगाएका थिए ।

अविकसित भ्रुण बालिकाको शरीरभित्र भेटिएपछि भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गर्नु पर्ने अवस्था सिर्जना भएको हो । डाक्टरले गत मार्चमा नै आमाको शरीरभित्र दुईवटा नाल भएको, एउटा नालले आमा र छोरी इत्जमारालाई जोडेको तथा अर्को नालले इत्जमारा र उनको परजीवी जुम्ल्याहालाई जोडेको कुरा पत्ता लगाएको थियो ।

उक्त परजीवी जुम्ल्याहा बढ्न सक्ने हुँदा इत्जमाराको अंगमा क्षति पुग्न सक्ने आशंका गर्दै इत्जमाराको शल्यक्रिया गर्नका लागि आमाको तत्काल शल्यक्रिया गरिएको थियो । डाक्टरहरूले धड्कन र मस्तिष्क नभएको भ्रुण निकाल्नका लागि इत्जमाराको जन्मिएको भोलिपल्टै शल्यक्रिया गरेका थिए भने शल्यक्रियापछि इत्जमाराको स्वास्थ्यमा सुधार आइरहेको उनीहरूले बताएका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तानमा
दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तानमा

रावलपिन्डी, २३ मङ्सिर । श्रीलङ्काको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ । श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणपछि श्रीलङ्काली टेस्ट क्रिकेट[...]