Sorry, your browser does not support JavaScript! बलात्कार आरोपी सिद्धबाबा कृष्णदासको अझै अस्पतालको हिरासतमा बास - Merodesh.news

बलात्कार आरोपी सिद्धबाबा कृष्णदासको अझै अस्पतालको हिरासतमा बास

प्रहरीलाई बयान दिन आलटाल तर सहयोगीहरूसँग बाक्लो गर्छन् भेटघाट

विराटनगर, २४ मंसिर । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेपछि सिकिस्त बिरामी भएर उपचारका लागि अस्पताल भर्ना भएका सिद्धबाबा कृष्णदास अझै अस्पतालमै हिरासतमा छन् । तर सिकिस्त बिरामी भएपनि उनी अस्पतलाको सुबिधा सम्पन्न क्याबिनमा बसेर प्रहरीलाई बयान दिन आलटाल गरिरहेपनि सहयोगीहरूसँग भने बाक्लै भेटघाट गर्ने गरेका छन् ।

आफूलाई सिद्धबाबा महाराज कहलाउने कृष्णदास गिरी विराटनगर मुनालपथस्थित विराट नर्सिङ होममा १२ मंसिरदेखि उपचाररत छन् । आफ्नै अनुयायीमाथि बलात्कार आरोप लागेपछि कोखा दुख्यो भन्दै अस्पताल भर्ना भएका उनी प्रहरी पक्राउ गर्न अस्पतालमा आएको थाहा पाएपछि माइनर हर्टअट्याक भएको भन्दै केही दिन आइसियूमा पनि बसे । तर स्वास्थ्य अवस्था जोखिममुक्त भएको पाइएपछि सुनसरी प्रहरीले कृष्णदासलाई आइसियुबाट पक्राउ गरेर जिल्ला अदालत सुनसरी लगेर जबर्जस्ती करणी आरोपमा अदालतमा म्याद थप गरायो ।

अदालतबाट दोस्रो पटक ७ दिनको म्याद थप भएपछि कृष्णदास आइसियुबाट अस्पतालको डिलक्स क्याबिनमा सरेका छन् । तर आफू अझै सिकिस्त बिरामी रहेको भन्दै अक्सिनको पाइप लगाइरहेका कृष्णदासले प्रहरीलाई खुलेर बयान दिन आलटाल गरिरहेका छन् । सिकिस्त बिरामी भएर प्रहरीलाई बयान दिन आलटाल गरिरहेका कृष्णदासले आफ्ना सहयोगीहरूसँग चाहिँ बाक्लै भेटघाट गरिरहेका छन् । प्रहरी स्रोतका अनुसार बयानका लागि जाँदा कृणदासले स्वास्थ्य अवस्थालाई कारण देखाउने गरेका छन् ।

अस्पतालमा बाबाको ‘हर्कत’ नियालिरहेको कोशी अनलाइनका रिर्पोटरले २३ मंसिर दिनभर बाबाले  सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान सञ्चालक समिति र विराटनगर केही व्यक्तिहरूले भेटघाट गरेको देखेका थिए  ।

आफूलाई सिद्धपुरुष, वनस्पति गुणमा विद्यावारिधि गरेका विज्ञ अनि योगसाधनाको गुरु बताउने कृष्णदासले यज्ञ र महायज्ञ आयोजना गरेर राष्ट्रपति, मुख्यमन्त्री, मन्त्री र राजनैतिक दलका शीर्ष नेताहरूसँग पहुँच बनाइसकेका छन् । आयुर्वेद विद्यालय खोल्ने भन्दै कृष्णदासले नेकपाका अध्यक्ष प्रचण्डलाई बोलाएर भैँसी पूजा गर्न लगाएका थिए । यस्तै गत वर्ष तारकब्रम्ह यज्ञ आयोजना गरेर राष्ट्रपति विद्यादेवी भण्डारी, एक नम्बर प्रदेशका प्रमुख, मुख्यमन्त्रीलगायतलाई सहभागी गराएका थिए । उच्च तहका व्यक्तिहरूसँग सोझो पहुँच भएको व्यक्ति मान्दै अस्पतालको हिरासतमा रहेका उनको भेटघाटमा प्रहरीले कडाई गरेको छैन ।

प्रहरी हिरासतको चार दिन आइसियूमा गुजारेका गिरी हाल विराट नर्सिङ होमको डेन्टल विभागको ९ नम्बर क्याबिनमा उपचारत छन् । दैनिकक उनको स्वास्थ्य जाँच गरिरहेका डाक्टर ज्ञानेन्द्र गिरीले कृष्णदासको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्धबाबाको सुरक्षाका लागि भन्दै अस्पतालमा चारजना प्रहरी खटाएको छ ।

गिरीको योजना हिरासतमा नबस्ने

बलात्कार आरोपमा दोस्रो पटक २० मंसिरमा अदालतबाट ७ दिनको म्याद थप गराइएका अरोपी कृष्णदासले अनुसन्धान अवधि अस्पतालमै कटाउने योजना बनाएको प्रहरी स्रोत बताउँछ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्मा सिद्धबाबालाई अस्पतालमै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएकोले बयान लिने काम भइरहेको बताउँछन् । कृष्णदासलाई सुनसरी प्रहरीले १६ मंसिरमा अस्पतालबाटै पक्राउ गरेर अदालतमा पहिलो पटक ४ दिनको म्याद थप गराएको थियो । २५ दिनभित्र अनुसन्धान सकाएर सिद्धबाबाको मुद्दा प्रहरीले अदालतमा बुझाउनुपर्नेछ ।

सिद्धबाबालाई बहिस्कार गर्ने चेतावनी

सुनसरीको वराहक्षेत्र नगरपालिकाको चतरामा महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठान र जगतगुरु श्रीरामानन्दार्चाय सेवापीठ नेपाल नामको मठ पनि सञ्चालन गरिरहेका कृष्णदासलाई स्थानीय महिलाहरूले बहिष्कार गर्ने घोषणा गरेका छन् । पटक–पटक १० दिनसम्म माटोमुनि बिनाअक्सिजन निराहार समाधिमा बसेर आफूलाई महायोगी सिद्धपुरुष कहलाएका कृष्णदासलाई आफ्नै अनुयायी महिलालाई बलात्कारको आरोप लागेपछि स्थानीय महिलाहरूले उनलाई बहिस्कार गर्ने घोषणा गरेका हुन् ।

बराहक्षेत्र महिला सञ्जालमा आवद्ध महिलाहरूले सरकारले सिद्धबाबालाई जोगाउन खोजेको बताउँदै अनुसन्धान प्रभावित बनाए आश्रममा बहिस्कार गर्ने चेतावनी दिएका हुन् । आरोपी कृष्णदासको आरोप दुरुस्त अनुसन्धान बराह महिला सञ्जालकी अध्यक्ष देउमाया थापामगरले बताएकी छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]