Sorry, your browser does not support JavaScript! ‘झिँगेदाउ’ मा फरक भूमिका निभाउँदै केकी - Merodesh.news

‘झिँगेदाउ’ मा फरक भूमिका निभाउँदै केकी

विराटनगर, २४ मंसिर । फिल्म ‘झिँगेदाउ’ मा अभिनेत्री केकी अधिकारीले अहिलेको भन्दा फरक भूमिकामा देखिएकी छन् । फिल्ममा उनले गाउँले भूमिका निभाएको देखिन्छ । भकुन्डेबेसीको सेटमा छायांकन भइरहेको फिल्ममा केकीको लुक्सलाई फिल्मको निर्माण टिमले सार्वजनिक गरेको छ । फिल्ममा आँचल शर्मालाई जस्तै केकीलाई पनि निकै फरक गेटअपमा देख्न सकिन्छ ।

सार्वजनिक गरिएको तस्विरमा केकीको सिउँदोमा सिन्दूर, रातो टीका, घाँटीमा हरियो पोते र गुन्यू चोलीमा देख्न सकिन्छ । साथै, उनले आफ्नो अनुहार ऐनामा हेरिरहेकी छन् । फिल्ममा उनले विकट गाउँमा विवाहित महिलाको भूमिका निभाएकी छन् । फिल्मको छायांकन खोटाङको हलेसीमा सकेर निर्माण टिम भकुन्डेवेसी झरेको छ ।

फिल्ममा केकी र आँचलका साथ अभिनेता मुकुन भुषाल र नवअभिनेता कुशल बिष्टको मुख्य भूमिका रहेको छ । साहित्यकार भीमनीधि तिवारीको अन्तरे भागमा समावेश ‘झिङ्गे दाउ’मा आधारित रहेर निर्माण हुने फिल्ममा महिलाकेन्द्रित विषयहरू उठाइएको छ । कपन गढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण हुने यस फिल्मलाई निर्देशक स्वयम्ले निर्माण गर्दैछन् ।

विष्णु कल्पितको छायांकनमा फिल्मको कला निर्देशक पासाङ टी शेर्पा छन् भने फिल्ममा अर्जुन पोखरेलले संगीत भरेका हुन् । फिल्ममा पटकथा एवं संवाद प्रदीप भारद्वाजको छ । फिल्ममा रोशन श्रेष्ठको एक्सन र रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]