Sorry, your browser does not support JavaScript! मेस्सीले इन्टर मिलानविरुद्ध नखेल्ने - Merodesh.news

मेस्सीले इन्टर मिलानविरुद्ध नखेल्ने

एजेन्सी, २४ मंसिर । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगअन्तर्गत इटालियन क्लब इन्टर मिलानविरुद्ध नखेल्ने भएका छन् । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले मेस्सीलाई आराम दिएका हुन् ।

युरोपियन च्याम्पियन्स लिगको समूह चरणका अन्तिम खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानसँग खेल्दैछ । इन्टरको घरेलु मैदानमा हुने यो खेल राति १ः४५ बजेबाट नै सुरु हुनेछ । च्याम्पियन्स लिगमा समूह ‘एफ’को शीर्ष स्थानमा रहेको बार्सिलोनाले सो समूहको दोस्रो स्थानको इन्टरसँग खेल्न लागेको हो ।

बार्सिलोनाले पाँच खेल खेल्दा ३ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ११ अंक बनाएको छ । यस्तै इन्टरसँग भने ७ अंक छ । उसले समान पाँच खेलमध्ये २ खेलमा जित, एक खेलमा बराबरी र २ खेलमा हार ब्यहोरेको छ । उक्त समूहको तेस्रो स्थानमा बोरुसिया डर्टमुण्ड हुँदा चौथो स्थानमा स्लाभिया प्रहा छ । स्लाभिया र डर्टमुण्डले आजै हुने अर्को खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

बार्सिलोनाले यसअघि नै बोरुसिया डर्टमुण्डलाई हराएर अन्तिम १६ मा स्थान बनाइसकेका कारण पनि प्रशिक्षक भाल्भेर्डेले इन्टरविरुद्धको खेलका लागि कप्ताद मेस्सी टोलीमा नराखेको बताइएको छ ।

उनले खेलको पूर्वसन्ध्यामा बोल्दै भनेका छन्, ‘हामीले निर्णय गरेका छौं कि मेस्सीले यो खेल खेल्ने छैनन् । उनीबाहेक पनि ११ खेलाडीले यो खेल खेल्नेछन् । हाम्रा लागि उनी निर्णायक खेलाडी हुन् तर उनी नखेलेको यो पहिलो पटक होइन । उनी हाल आराममा छन् ।’

मेस्सी नभए पनि बार्सिलोनाले इभान राकिटिक, लुइस स्वारे, एन्टोइन ग्रिजम्यान, फ्रेन्की डी योङ, भिडाल, अन्सु फातिजस्ता खेलाडीलाई प्रारम्भिक टोलीमा राखेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]