Sorry, your browser does not support JavaScript! देशव्यापी फ्रिस्टाइल डान्स वर्कसप हुँदै - Merodesh.news

देशव्यापी फ्रिस्टाइल डान्स वर्कसप हुँदै

विराटनगर २४ मंसिर । ‘फ्रिस्टाइल डान्स’को विषयमा जानकारी दिन र यसलाई मुलधारमा समावेश गर्न देशव्यापी अभियानमुलक कार्यशाला हुने भएको छ ।

‘आर्ट अफ फ्रिस्टाइल’ नामक कार्यशााला देशव्यापी आयोजना गर्न लागेका राकेश घिसिङले जानकारी दिए । फ्रि स्टाइलको देशव्यापी डान्स वर्कसप अभियानका क्रममा विराटनगर, बिराटचौक, उर्लाबारी, धरान, धनकुटा, भद्रपुर, इलाम सिरहा, पोखरा, दाङ, काठमाडौं लगायतका स्थानमा कार्यशाला राखिने उनले बताए ।

फ्रिस्टाइल डान्सका विषयमा जानकारी दिने फ्रिस्टाइललाई मुलधारको नृत्यमा समावेश गराउने उदेश्यले कार्यशाला गर्न लागेको उनले बताए । घिसिङले यी सबै स्थानमा पुगेर सहभागीहरुलाई प्रशिक्षण दिने छन् ।

शुक्रबार र शनिवार पारेर आयोजना हुँदै आएको वर्कशप इटहरी र विर्तामोडमा सम्पन्न भएको छ । ६ र ७ मंसिरमा विर्तामोडमा तथा १३ र १४ मंसिरमा इटहरीमा कार्यशाला आयोजना गरिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]