Sorry, your browser does not support JavaScript! स्वर्ण पदकका लागि नेपालले अन्डरडग भुटानसँग खेल्दै - Merodesh.news

स्वर्ण पदकका लागि नेपालले अन्डरडग भुटानसँग खेल्दै

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत आज पुरुष फुटबलमा स्वर्णका लागि खेल हुँदैछ । पुरुष फुटबलको फाइनलमा आयोजक नेपालले अन्डरडग भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त फाइनल खेल दिउँसो ३ बजे हुनेछ । सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपालबीचको खेल रोमाञ्चक हुने देखिन्छ ।

गत शनिबार दशरथ रंगशालामा श्रीलंकाविरुद्व प्रभावशाली जित निकालेपछि ऊ सागमा पहिलो पटक फाइनलमा पुगेको हो । भुटान श्रीलंकालाई ३–० गोलले हराउँदै स्वर्ण नजिक पुगेको हो । यसअघिका सागमा भूटान समूह चरणबाटै बाहिरिँदै आएको थियो ।

यता, नेपाल भने बंगलबादेशलाई १–० गोलले हराउँदै स्वर्ण नजिक पुगेको हो । आजको खेलमा दुवैले स्वर्ण जित्ने लक्ष्य राखेका छन् । यस प्रतियोगितामा अपराजित रहेको नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोलले हराउँदा दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी रोकियो । यस्तै तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोलले हराएको नेपालले अन्तिम खेलमा बंगलादेशलाई १–० ले हराएको हो ।

नेपाल अघिल्लो सागअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विजेता हो । उसले सन् २०१६ मा भारतको गुहावटीमा भएको फाइनलमा खेलमा घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]