Sorry, your browser does not support JavaScript! च्याम्पियन्स लिग : इन्टर र बार्सिलोनाको भिडन्त हुँदै, लिभरपुल पनि प्रतिस्पर्धामा (सम्पूर्ण जानकारी) - Merodesh.news

च्याम्पियन्स लिग : इन्टर र बार्सिलोनाको भिडन्त हुँदै, लिभरपुल पनि प्रतिस्पर्धामा (सम्पूर्ण जानकारी)

विराटनगर, २४ मंसिर । युरोपियन च्याम्पियन्स लिगमा आज आठ खेल हुँदैछन् । समूह चरणका अन्तिम खेलअन्तर्गत आज १६ वटा टोलीले खेल्नेछन् ।

आज साबिकको विजेता लिभरपुलका साथै बार्सिलोना र इन्टर मिलानको महाभिडन्त हुँदैछ भने चेल्सी, डर्टमुण्ड, नापोली, आयाक्सजस्ता टोलीले पनि खेल्नेछन् । डिफेन्डिङ च्याम्पियन क्लब लिभरपुलले अष्ट्रियन क्लब साल्जबर्गसँग खेल्न्ेछ । साल्जबर्गकै घरेलु मैदानमा हुने यो खेल राति ११ः४० बजेबाट हुनेछ ।

यसैगरी आजको दोस्रो खेलमा इटालियन क्लब नापोलीले बेल्जियन क्लब जेन्कलाई आफ्नै मैदानमा निम्त्याउँदैछ । यो खेल पनि ११ः४० मै हुने छ । तेस्रो खेलमा भने इंग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब लिलेसँग खेल्दैछ । चेल्सीकै घरेलु मैदानमा हुने यो खेल भने राति १ः४५ बजेबाट हुनेछ ।

सोही समय जर्मन क्लब डर्टमुण्ड र चेक रिपब्लिक क्लब स्लाभिया प्रहासँग खेल्नेछ । यो खेल डर्टमुण्डकै मैदानमा हुनेछ । राति १ः४५ बजे नै फ्रेन्च क्लब लियोन र जर्मन क्लब आरबी लेइपिजले खेल्नेछन् । यो खेल लियोनको मैदानमा हुनेछ । पोर्चगिज क्लब बेन्फिका र रसियन फुटबल क्लब जेनितले पनि सोही समय हुने अर्को खेल खेल्दैछन् । यो खेल बेन्फिकाको मैदानमा हुनेछ ।
डच क्लब आयाक्सले स्पेनिस क्लब भ्यालेन्सियासँग आफ्नै मैदानमा खेल्दैछ । यो खेल राति १ः४५ बजेबाट नै सुरु हुनेछ भने सोही समय इटालियन क्लब इन्टर मिलान र स्पेनिस क्लब बार्सिलोनाले खेल्दैछन् । इन्टरकै मैदानमा यो खेल हुनेछ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]