Sorry, your browser does not support JavaScript! सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने - Merodesh.news

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् । १३ औँ सागमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशले सहभागी छन् ।

यो पटक सागकै इतिहासमा सर्वाधिक २६ खेलका २८ इभेन्टका खेलहरु भएका छन् । समापन समारोह पनि भव्य गर्ने तयारी राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।
परिषदका सदस्य सचिव सिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कारण प्रधानमन्त्री केपी शर्मा ओली समापन कार्यक्रम उपस्थित नहुने भएपनि खेलाडीहरुलाई समेटेर बुधबार विशेष सम्बोधन गर्ने जानकारी दिए । प्रधानमन्त्रीले सम्बोधनमा पदक विजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणासमेत गर्ने उनको भनाई छ ।

समापन समारोहलाई सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका साथै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव सिलवालले पनि सम्बोधन गर्ने छन् । समापनको अघिल्लो दिन सोमबार नेपाल ऐतिहासिक ४९ स्वर्ण पदकसहित तालिकाको दोस्रो स्थानमा छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल
कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल

नेपालमा ५९ जनालाई कोरोना संक्रमण देखिएको छ । सम्भावित महामारी नियन्त्रणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ । कोरोना परीक्षका लागि दायरा बढाइएको छ । विश्वभर फैलिएको कोरोनाको सम्भावित जोखिम[...]

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]