विराटनगर २३ मंसिर । सना मारिन ३४ वर्षको उमेरमा फिनल्याण्डकी प्रधानमन्त्री भएकी छिन् । उनी फिनल्याण्डमा गठबन्धन सरकारको प्रधानमन्त्री बन्दा विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्न सफल भएकी छिन् ।
यातायात मन्त्री रहेकी सना प्रधानमन्त्री एन्टी रिनाले राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीले उनलाई प्रधानमन्त्रीको रुपमा चयन गरेको छ । यही हप्ता उनले सपथ लिने जनाइएको छ ।
पाँच पार्टीको गठबन्धनको नेतृत्व गर्दै उनी प्रधानमन्त्री बन्न लागेकी हुन् । गठबन्धनको सबै दलमा महिला अध्यक्ष छन् । फिनल्याण्डमा हड्तालको कारण एन्टीले राजीनामा दिएका हुन् ।
उनीले सपथ लिएपछि विश्वकै कम उमेरकी प्रधानमन्त्री हुने छिन् । अहिले कम उमेरमा प्रधानमन्त्री हुनेहरुको सूचीमा न्युजील्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डन ३९ वर्षीया हुन् ।