Sorry, your browser does not support JavaScript! विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्षबाट आत्महत्या प्रयास - Merodesh.news

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्षबाट आत्महत्या प्रयास

विराटनगर, २३ मंसिर । विराटनगर महानगरपालिका वडा नम्बर – ६ का अध्यक्ष बिजय कामतले आत्महत्या प्रयास गरेका छन् । पारिवारिक स्रोतका अनुसार उनले आइतबार साँझ किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् ।

बिषादी सेवन गरेर सिकिस्त बिरामी परेका कामतको विराटनगर स्थित विराट नर्सिङहोममा उपचार भैरहेको छ । सिकिस्त अवस्थामा भएकोले उनलाई आइसियुमा भर्ना गरिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कामतको उपचार भइरहेको बताए । कामतले आत्महत्या प्रयास गरेको सुन्दा आश्चार्यमा परेको उनले बताए ।

जनप्रतिनिधीले आत्महत्या प्रयास गरेको सूचना प्रहरीमा पनि पुगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार वडा अध्यक्षले आत्महत्या प्रयास गरेको मौखिक जानकारी पाएको बताए ।

चलचित्र क्षेत्रमा समेत सक्रिय रहेका कामत तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]