Sorry, your browser does not support JavaScript! नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने - Merodesh.news

नेकपाको स्थायी कमिटी बैठक २९ मंसिरमा बस्ने

काठमाडौं २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले २९ मंसिरमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं नेकपाका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको पार्टीको सचिवालय बैठकले स्थायी कमिटीको बैठक लगायतका विभिन्न ७ वटा निर्णय गरेको छ । बैठकले जिल्लाका विवाद मिलाउनेदेखि बाँकी रहेको एकता प्रक्रियालाई आगामी मंसिर २७ गते सम्पन्न गर्ने लगायतका निर्णय गरेको हो ।

पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा सोमबार दिउँसो बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष ओली स्वास्थ्यका कारण अनुपस्थित भए ।

सचिवालय बैठकले पार्टीको विधानमा केही संशोधनहरु गरेको छ । संसोधन भने स्थायी कमिटीको बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा जाने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

नेकपाका केन्द्रीय सल्लाहकार कमिटी, केन्द्रीय निर्वाचन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय आयोगहरु र केन्द्रीय विभागहरुको पूर्णता दिन प्रमुख र उपप्रमुखहरुलाई ७ दिन भित्र प्रस्ताव महासचिवमार्फत प्रस्तुत गर्ने निर्णय गरेको छ । त्यसपछि बस्ने सचिवालयको बैठकले ती सबै निकाय र विभागहरुलाई पूर्णता दिने गरी निर्णय गर्ने समेत बैठकले निर्णय गरेको उनले बताए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]