Sorry, your browser does not support JavaScript! दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तानमा - Merodesh.news

दश वर्षपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पाकिस्तानमा

रावलपिन्डी, २३ मङ्सिर । श्रीलङ्काको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ ।

श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पहिलो पटक सोमबार पाकिस्तान आइपुगेको हो ।

पाकिस्तान क्रिकेट बोर्डले सोमबार ट्वीट गर्दै श्रीलङ्काली टोली पाकिस्तान आएको तस्वीर र भिडियो सार्वजनिक गरेको थियो ।

श्रीलंकाली टोलीले राबलपिण्डी र कराँचीमा दुई खेल खेल्ने छ । खेलका लागि कडा सुरक्षा व्यवस्था गरिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]