Sorry, your browser does not support JavaScript! गौरिकाको स्वर्ण चार पुग्यो – Merodesh.news

गौरिकाको स्वर्ण चार पुग्यो

काठमाडौं २३ मंसिर । पौडी खेलाडी गौरिका सिंह एकै सागमा ४ वटा स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । उनले सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जित्ने कीर्तिमान बनाउन सफल भइन् ।

१०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी गौरिकाले भारतीय खेलाडी शिवा‌ंगी शर्मालाई २ मिलिसेकेन्डले पछि पारिन् । शिवा‌ंगीको समय ५८.१५ सेकेन्ड रह्यो ।

सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । नेपालमा एकै प्रतियोगितामा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

१३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन् । नेपालले अहिलेसम्म ४९ वटा स्वर्ण पदक जितेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

निःसन्तान हुनुमा महिलालाई मात्र दोष दिनु गलत
निःसन्तान हुनुमा महिलालाई मात्र दोष दिनु गलत

डा. दिपककुमार ठाकुर युरोलोजिस्ट, विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल विवाह गरेको लामो समय बितिसक्दा, पति–पत्नी नियमित यौन–सम्पर्कमा हुँदा पनि बच्चा नबस्दा, लामो समयसम्म बच्चा जन्माउने प्रयाग गर्दा–गर्दै पनि सफल[...]

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]