Sorry, your browser does not support JavaScript! सुटिङमा नेपाल पदकविहीन - Merodesh.news

सुटिङमा नेपाल पदकविहीन

काठमाडौं २३ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत सुटिङ खेलमा नेपाल पदकविहीन भएको छ । सुटिङमा २० स्वर्ण पदकमध्ये भारतले १८ जितेको छ ।

स्वर्ण, रजत र कास्य गरी कूल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, सात रजत र चार कास्य गरी २९ पदक जित्यो ।

दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्यसहित १४ पदक जितेको छ । खेलमा बङ्गलादेशले ६ रजत र ४ कास्य पदक जितेको छ।

चौथो स्थानमा रहेको श्रीलङ्काले २ रजत र ५ कास्य गरी ७ पदक हात पारेको छ । माल्दिभ्स, भूटान र नेपाल पदकविहीन रहे । विजेता खेलाडीलाई प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठले पदक प्रदान गरे ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]