पोखरा, २३ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलमा भारतसँग पराजित भएपछि राष्ट्रिय टोलीकी कप्तान निरु थापा र मनमाया मनमाया लिम्बूले सन्यासको घोषणा गरेका छन् ।
सोमबार भएको फाइनल खेलमा भारतले आयोजक राष्ट्र नेपाललाई २–० गोलले हराउँदै स्वर्ण हात पारेपछि निरु र मनमायाले सन्यासको घोषणा गरेका हुन् ।
यसअघि प्रशिक्षक हरि खड्काले राजीनामाको घोषणा गरे । राजीनामा दिएपछि उनले हारको सम्पूर्ण जिम्मेवारी लिँदै महिला टोलीको प्रशिक्षकबाट राजीनामा दिएको बताए । तर उनले कुनै न कुनै रूपमा नेपाली फुटबलसँग आवद्ध हुने प्रतिक्रिया जनाए ।
पोखरा रंगशालामा भएको उक्त खेलमा भारतले नेपाललाई २–० गोलले हराउँदै स्वर्ण जितेको हो ।