इटहरी, २३ मंसिर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राज्यले कसैलाई काखा कसैलाई पाखा गर्न नमिल्ने बताएका छन् । देशमा भएका सम्पूर्ण भाषा–भाषी, जाति सम्प्रदाय र धार्मिक आस्थाका मानिसहरूको अधिकारको रक्षा गर्ने जिम्मेवारी सरकारको रहेको बताउँदै उनले राज्यले कसैलाई काखा र कसैलाई पाखा गर्न नमिल्ने बताएका हुन् ।
आइतबार इटहरीमा आयोजित प्रदेशस्तरीय ख्रीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यका लागि सबै नागरिक बराबर भएको बताए । नेपाललाई धर्म निरपेक्ष राज्य बनाउनका लागि राजनीतिक दलहरूले लामो संघर्ष गरेको बताउँदै उनले नेपाल धार्मिक सद्भावका लागि विश्व समुदायको ‘रिसर्च सेन्टर’ बन्ने लागेको बताए ।