Sorry, your browser does not support JavaScript! भारतसँग पराजित भएपछि महिला टोलीका प्रशिक्षक हरि खड्काले दिए राजीनामा ! - Merodesh.news

भारतसँग पराजित भएपछि महिला टोलीका प्रशिक्षक हरि खड्काले दिए राजीनामा !

पोखरा, २३ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलमा भारतसँग पराजित भएपछि प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

सोमबार भएको फाइनल खेलमा भारतले आयोजक राष्ट्र नेपाललाई २–० गोलले हराउँदै स्वर्ण हात पारेपछि खड्काले राजीनामा दिएका हुन् । भारतसँग पराजित भएपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक खड्काले पद छाडेको घोषणा गरे । राजीनामा दिएपछि उनले हारको सम्पूर्ण जिम्मेवारी लिँदै महिला टोलीको प्रशिक्षकबाट राजीनामा दिएको बताए । तर उनले कुनै न कुनै रूपमा नेपाली फुटबलसँग आवद्ध हुने प्रतिक्रिया जनाए ।

पोखरा रंगशालामा भएको उक्त खेलमा भारतलाई जिताउन दुवै गोल बाला देवीले गरिन् । खेलको १७ औं बाला देवीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । नेपालको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउँदै बाला देवीले भारतका लागि गोल गरिन् ।

यस्तै दोस्रो हाफको सुरूआतमा नै बालादेवीले दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर बनाइन् । त्यसपछि बाँकी समयमा गोल हुन नसकेपछि भारतले नेपाललाई २–० गोलले हराउँदै स्वर्ण जितेको हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]