Sorry, your browser does not support JavaScript! भारतविरुद्ध नेपाल २–० गोलले पछाडि - Merodesh.news

भारतविरुद्ध नेपाल २–० गोलले पछाडि

पोखरा, २३ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलको स्वर्णका लागि नेपाल र भारतले प्रतिस्पर्धा गरिरहेका छन् । पोखरा रंगशालामा भइरहेको उक्त खेला आयोजक नेपालविरुद्ध भारतले २–० गोलको अग्रता बनाएको छ ।

पहिलो हाफमा नेपाल १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल खायो । खेलको १७ औं बाला देवीले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । नेपालको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउँदै बाला देवीले भारतका लागि गोल गरिन् ।

यस्तै दोस्रो हाफको सुरूआतमा नै बालादेवीले दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर बनाइन् ।

समूह चरणका तीन खेल जितेको भारत ९ अंकसहित समूह विजेता हो भने नेपाल दुई खेलमा जित र एकमा हारसँगै ६ अंकका साथ समूह उपविजेता हो । नेपालले भारतविरुद्ध पुनः खेल्न लागेको हो । यसअघि शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]