पोखरा, २३ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलको स्वर्णका लागि नेपाल र भारतले प्रतिस्पर्धा गरिरहेका छन् ।
पोखरा रंगशालामा भइरहेको उक्त खेलमा नेपाल १–० गोलले पछि परेको छ । खेलको १७ औं बाला देवीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी हुन् ।
समूह चरणका तीन खेल जितेको भारत ९ अंकसहित समूह विजेता हो भने नेपाल दुई खेलमा जित र एकमा हारसँगै ६ अंकका साथ समूह उपविजेता हो । नेपालले भारतविरुद्ध पुनः खेल्न लागेको हो । यसअघि शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएको थियो ।