विराटनगर, २३ मंसिर । नेपालको चर्चित रियालिटी शो नेपाल आइडल पहिलो संस्करणका पहिलो रनरअप निशान भट्टराईले नयाँ गीत बजारमा ल्याउने भएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिर सार्वजनिक गर्दै नयाँ गीत बजारमा ल्याउन लागेको जानकारी दिए ।
‘भुन्टी’, ‘बरिलै’ जस्ता हिट नम्बर दिइसकेका निशानले ‘लाहुर जाने रेल’ बोलको नयाँ गीत दर्शक–स्रोतबीच ल्याउन लागेको जानकारी दिएका छन् । उनले फेसबुकमा सार्वजनिक गरेका तस्बिरमा उनी आर्मीको पहिरनमा सजिएका छन् ।
उनलाई भिडियोमा रीचा न्यौपानेले अभिनयमा साथ दिएकी छन् । छिट्टै सार्वजनिक गरिने सो गीतको भिडियोलाई अनिल के मानन्धरले खिचेका छन् ।