Sorry, your browser does not support JavaScript! नेपालको सुरुआती ११ : भारतविरुद्ध एक्लो फरवार्ड सावित्रा - Merodesh.news

नेपालको सुरुआती ११ : भारतविरुद्ध एक्लो फरवार्ड सावित्रा

पोखरा, २३ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलको स्वर्णका लागि नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

जारी १३औँ सागको महिला फुटबलमा आयोजक नेपालले चीरपरिचित प्रतिस्पर्धी भारतसँग स्वर्णका लागि आज खेल्दैछ । पोखरा रंगशालामा हुने यस खेलमा दुवैको लक्ष्य स्वर्ण हुनेछ ।

समूह चरणका तीन खेल जितेको भारत ९ अंकसहित समूह विजेता हो भने नेपाल दुई खेलमा जित र एकमा हारसँगै ६ अंकका साथ समूह उपविजेता हो । नेपालले भारतविरुद्ध पुनः खेल्न लागेको हो । यसअघि शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

लिगको अन्तिम खेलमा स्पर्धा गरेका दुवै टोलीले एक खेलअगावै फाइनलमा स्थान बनाइसकेकाले शनिबारको खेल औपचारिकताका लागि मात्र थियो । आज भारतविरुद्ध खेल्ने नेपाली टोली घोषणा भएको छ ।

ग नेपाली टिमका स्ट्राइकरमा सावित्रा भण्डारी रहेकी छन् । नेपालले चार–पाँच–एकको फरमेसनमा आजको खेल खेल्नेछ । प्रशिक्षक हरी खड्काले सार्वजनिक गरेको सुरुवाती ११ अनुसार गोलकिपरमा अञ्जली सुब्बा रहेकी छन् भने डिफेन्डरमा अमृता जैशी, हिराकुमारी भुजेल, गीता राना, पुनम जर्गामगर छिन् ।

यस्तै मिडफिल्डर रेनुका नगरकोटी (कप्तान), सुरु लिम्बू, अनिता बस्नेत, विमला चौधरी र दीपा राई रहँदा स्ट्राइकरमा सावित्रा भण्डारी छिन् ।

महिला फुटबलमा तेस्रो स्थानका लागि आज भएको स्पर्धामा माल्दिभ्सले २–१ गोलअन्तरले श्रीलङ्कालाई पराजित गर्दै कास्य पदक जितेको छ । यही मङ्सिर १७ गतेदेखि शुरु भएको महिला फुटबल प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाएका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]