Sorry, your browser does not support JavaScript! मन्त्रीको ठाडाे आदेशमा अस्पतालमा कर्मचारी भर्ना, नासु नवराज लुइँटेलको नियुक्तिको फाइल गायब - Merodesh.news

मन्त्रीको ठाडाे आदेशमा अस्पतालमा कर्मचारी भर्ना, नासु नवराज लुइँटेलको नियुक्तिको फाइल गायब

विराटनगर, २३ मंसिर । १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेको ठाडो आदेशमा कोशी अस्पतालमा कर्मचारी नियुक्त भएको राष्ट्रिय सर्तकता केन्द्रले निष्कर्ष निकालेको छ । नियमसम्बद रूपमा कर्मचारी भर्ना गर्नुपर्ने भएपनि राजनीतिक हस्तक्षेपका आधारमा कर्मचारी नियुक्त गरेको निष्कर्ष निकालेको हो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले एक वर्षअघि १४ जना कर्मचारीलाई नियुक्त गर्न नामावलीसहित कोशी अस्पतालमा पत्र पठाएका थिए । तीमध्ये १० जना कर्मचारी नियमित काममा छन् । सतर्कता केन्द्रको प्रतिवेदनमा बबिता सुवेदी, भोलानाथ ढुंगेल, मैयादेवी मैनाली, डम्बरकुमारी पोखरेल, सरद अधिकारी, बिमला पौडेल, दयाराम यादव, शिरिश साह र संध्याकुमारी साह नियमित हाजिर भएको उल्लेख छ ।

तीमध्ये शिरिश, सन्ध्या र दयाराम फार्मेसी सहयाक हुन् । अन्य पाँच जना कार्यालय सहयोगी हुन् । कार्यालय सहयोगीको रूपमा नियुक्त भएकी बिमला पौडेल अस्पतालका नायव सुब्बा जर्नादन पौडेलका आफन्त हुन् ।

कर्मचारी भर्ना गरेको विषयमा उजुरी परेपछि छानबिन गरेको सर्तकता केन्द्रले निश्चित आधार तय गरेर मात्र कर्मचारी नियुक्ति गर्न अस्पताललाई सुझाव दिएको छ । सतर्कता केन्द्रको प्रतिवेदनमा भनिएको छ ‘कार्यालय सहयोगी तथा फार्मेसी सहायक पदमा कर्मचारीहरू करार सेवामा नियुक्त गर्दा विज्ञापन तथा प्रतिस्पर्धाबिना नै भर्ना गरेको पाइयो ।’

कानूनको दृष्टिमा सबै नेपाली नागरिक समान भएका कारण प्रारम्भिक तहबाट नियुक्तिका लागि निश्चित आधार तय गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सामाजिक विकासमन्त्री घिमिरेले १४ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेका थिए । तीमध्ये चार जना काममा आएका थिएनन् । कोशी अस्पतालमा नेपाल सरकारको तर्फबाट ५३ र अस्पताल विकास समितिको तर्फबाट ९७ कार्यालय सहयोगीको दरवन्दी छ ।

नासु नवराज नियुक्तिको फाइल गायब

कोशी अस्पतालमा कार्यरत नायब सुब्बा नवराज लुइँटेलको नियुक्तिको फाइल नै गायब भएको छ । सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा उनको नियुक्तिको फाइल नै गायब भएको पाइएको हो ।

कर्मचारी नियुक्तिमा लुइँटेलले चलखेल गर्दै आर्थिक लाभ लिएको उजुरी परेपछि सतर्कता केन्द्रले छानबिन गर्दा उनको नियुक्तिको फाइल नै नभेटेको हो । लुइँटेल अस्पताल विकास समितिबाट नियुक्ति पाएका कर्मचारी हुन् । उनको नियुक्तिको फाइल नभेटिए पनि २०६४ सालमा स्थायी बनेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा पुरानो नियुक्ति भएका कारण फाइल नभेटिएको कर्मचारीले बताएको उल्लेख छ । लुइँटेल २०६४ सालतिर स्थायी भएको उल्लेख भए पनि मिति स्पष्ट उल्लेख भएको छैन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]