Sorry, your browser does not support JavaScript! जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ - Merodesh.news

जाडो मौसममा मुटुरोग लाग्नबाट बच्नका लागि यसो गर्न सकिन्छ

विराटनगर, २३ मंसिर । जाडोको मौसम सुरु भएसँगै स्वास्थ्यमा विभिन्न शारीरिक समस्याहरू देखापर्न थाल्छ । जाडो मौसममा मानिसहरू अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा धेरै सुत्ने गर्छन् ।

जाडो मौसममा सबैभन्दा धेरै चिसोले रोग प्रतिरोधात्मक क्षमता कम भएका, बृद्ध तथा बालबालिकाहरूलाई सताउने गर्छ । जाडो मौसम मुटुका रोगीहरुको लागि निकै खतरनाक सावित हुन सक्नुका साथै चिसोसँग बच्न नसक्नेलाई हृदयघातको समेत खतरा हुने विज्ञहरूले बताउँदै आएका छन् ।

चिसो हावाले शरीरको गर्मीपनालाई हटाएर रक्तनलीहरू खुम्चिने हुँदा मुटुको समस्या भएका मानिसहरूले विशेष सावधानी अपनाउनु पर्छ । जाडो मौसममा बिहानको समयमा शरीरका रक्तनलीहरु संकुचित हुने हुँदा हावामा पाइने धुवाँ र यसको खराब गुणले हृदयघातको जोखिमलाई दुईगुणा बढाउन सक्ने एक अध्ययनले साबित गरिसकेको छ ।

वातावरणमा भएको प्रदूषित हावामा पाइने स(साना हानिकारक कण सासको माध्यमले मुटुसम्म पुगेर सास फेर्नमा समस्या र छातीमा संक्रमण पैदा गरी मुटुलाई नोक्सान पु¥याउन सक्छ । जाडो मौसममा खोकी लाग्ने, घाँटी पोल्ने, आँखा पोल्ने, दम, फोक्सोको रोगलगायतको खतरा हुन्छ ।

शरीरमा भिटामिन ‘डी’को कमी, कोलस्ट्रोलको बढ्दो स्तर, रक्तसञ्चारमा गडबडी, उक्तारक्तचाप, पसिना नआउने र फोक्सोमा अतिरिक्त पानी जम्मा हुने जस्ता कारणले हृदयघातको जोखिमलाई बढाउने गर्छ । हृदयघातबाट बच्नको लागि यसले दिने साधारण संकेततर्फ (छाती पोल्ने, बेचैनी हुने, लगातार रक्तचाप उच्च रहने, हात दुखेर छातीसम्म पुग्ने) ध्यान दिनुपर्छ ।

चिसो मौसममा हृदयघातबाट बच्नका लागि शरीरलाई न्यानो बनाउनका लागि न्यानो लुगा लगाउने, बिहानै चिसोमा नहिँड्ने, घाम ताप्ने, तातो पानी तथा पौष्टिक आहारको सेवन गर्ने गर्नुपर्छ । धेरै शारीरिक श्रम नगर्नाले जाडोमा पाचन क्रिया बिग्रेर कोलस्ट्रोल बढ्ने सम्भावना धेरै हुने हुँदा जाडोमा हल्का र सन्तुलित भोजन खानुपर्छ ।

जाडो मौसममा चिसो र प्रदुषित हावा सासको माध्यमले शरीरमा जाने खतरा हुने हुँदा स्वास्थ्य रहनका लागि गरिने मर्निङ वाक पनि हानिकरक हुन्छ । जाडो मौसममा वृद्ध र बच्चाहरूलाई बिहानै चिसोमा पैदल हिँड्न दिनु हुँदैन । जाडोमा घरमै बसेर योगा, ध्यान वा वर्कआउट गर्न सकिन्छ । बाहिर गर्मी महशूस गराए पनि भित्री अंगहरूमा चिसो हुने भएकाले चिसोमा धुम्रपान र मदिरापानले हृदयघातको खतरा बढाउन सक्छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक
सुत्नुअघि पैतालामा तेल लगाउनु स्वास्थ्यका लागि फाइदाजनक

विराटनगर, २४ मंसिर । शरीरमा दुखाइ हुँदा तेल लगाउने वा तेलले मालिस गर्ने प्रचलन पहिलेदेखि नै चलिआएको छ । टाउको, पेट, गोडा दुखे तेल, मांशपेशी दुखे, पैतालामा तथा शरीरको हरेक[...]

जिब्रोबाट थाहा हुन्छ मान्छेको स्वभाव
जिब्रोबाट थाहा हुन्छ मान्छेको स्वभाव

विराटनगर, ८ कात्तिक । शरीरको सानो अंग भएतापनि जिब्रोलाई वशमा राख्न नसकेमा यसले धेरै नोक्सानी गर्न सक्ने कुरामा हामी अनभिज्ञ छैनाैं नै । जिब्रोको आकार र मोटाइबाट पनि मानिसको व्यक्तित्व[...]