Sorry, your browser does not support JavaScript! मेस्सीको सन्यासको विषयमा यसो भन्छ बार्सिलोना - Merodesh.news

मेस्सीको सन्यासको विषयमा यसो भन्छ बार्सिलोना

एजेन्सी, २३ मंसिर । पछिल्लो समय बार्सिलोनाका कप्तान लियोनल मेस्सीको सन्यासको विषय चर्चामा छ । ३२ वर्षीय अर्जेन्टिनी कप्तान मेस्सीले सन्यास लिने–नलिने वा उनको सन्यासको मितिको विषयमा विभिन्न चर्चा परिचर्चा भइरहेको छ ।

मेस्सीले पनि हालै बालोन डी‘ओरको समारोहमा फुटबल करिअरको अन्त्य गर्ने दिन आउँदै गरेको बताएका थिए । गत साता सर्वाधिक छैटौंपटक बालोन डी‘ओर जितेपछि मेस्सीले भव्य समारोहमै भनेका थिए, ‘मेरो सन्यासको समय नजिकिँदै छ ।’

यस्तैमा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पनि आफ्ना सुपरस्टार मेस्सीको सन्यासको विषयमा मुख खोलेका छन् । उनले मेस्सीको सन्यास दिनको बारेमा आफू चिन्तित नरहेको बताएका छन् । शुक्रबार क्याटालुनिया रेडियोसँग उनले भने, ‘म मेस्सीको सन्यासको दिनलाई लिएर चिन्तित छैन । म मात्र नभएर हाम्रो क्बल नै मेस्सीको सन्यासको विषयलाई लिएर चिन्तित छैन ।’

उनले कारण दिँदै भने, ‘म उनीले नयाँ सम्झौतामा हस्ताक्षर गरेको देख्न चाहन्छु । उनीसँग अझै पनि समय छ । हामीले यस विषयमा धेरैपटक कुरा गरिसकेका छौं । बार्सिलोनामा नै निरन्तरता दिन उनीसँग त्यस्तो समस्या नै छैन । उनले सन्यास लिइन्जेलसम्म यहाँबाट नै खेल्नेमा मलाई कुनै शंका नै छैन । उनले जब चाहन्छन् तब सन्यास लिन सक्नेछन् ।’

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]