Sorry, your browser does not support JavaScript! रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी – Merodesh.news

रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटाङ, २३ मंसिर । रावाबेँसी गाउँपालिका प्रमुखको गाडीमा आगजनी भएको छ । गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको हो ।

आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । गाउँपालिका प्रमुखले आफू सुतिरहेको अवस्थामा गाडीमा आगजनी भएको बताए । ‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो’, उनले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।’

करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु
विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

विराटनगर । विराटनगरमा स्कुल जाँदै गरेकी एक बालिकाको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आइतबार भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ७०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ६ वर्षीया बालिका[...]

हात्तीको बाटोमा विद्युतीय धराप, डेढ महिनामा दुई हात्ती मरे
हात्तीको बाटोमा विद्युतीय धराप, डेढ महिनामा दुई हात्ती मरे

विराटनगर/डेढ महिनाको अवधिमा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा दुईवटा जङ्गली हात्ती मरेका छन् । विद्युतीय धरापमा परी सप्तरीमा दुईवटा हात्ती मरेका हुन् । शनिबार बिहान खडक नगरपालिका–४ मा विद्युतीय धरापमा अन्दाजी[...]

‘रामकुमारीको प्रश्न : चुनाव चिन्न आएन भने सती जानुहुन्छ ?’
‘रामकुमारीको प्रश्न : चुनाव चिन्न आएन भने सती जानुहुन्छ ?’

विराटनगर / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको चुनाव चिन्ह र झण्डाका नाममा नेतृत्वमा अवसरवाद देखिएकाे भएको बताएकी छन् । विराटनगरमा प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुको[...]