Sorry, your browser does not support JavaScript! गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु - Merodesh.news

गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

भरतपुर, २३ मंसिर । भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दार यदुप्रसाद पाठकको मृत्यु भएको छ । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार पाठकको गाडीको ठक्करबाट मृत्यु भएको हो ।

आइतबार राति ११ बजे प्रहरीचौकी रामनगरबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिप्रका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

घाइते पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस

Advertise Expired !

सम्बन्धित समाचारहरु

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या तीन पुग्याे
नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या तीन पुग्याे

विराटनगर, ८ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बिहीबार बिहान गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय शिक्षकको मृत्यु भएको प्रदेश नं ५[...]