विराटनगर, २३ मंसिर । नेपालमा जारी १३औं दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । आइतबारका खेल सकिँदासम्म नेपाल दोस्रो स्थानमा रहँदा भारत भने शीर्ष स्थानमा छ ।
भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । भारतले १ सय ३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २ सय ४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १ सय ६४ पदक जितेको छ ।
यसैगरी तेस्रो स्थानको श्रीलंकाले ३४ स्वर्ण, ६६ रजत र ९३ कास्य जितेको छ भने पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो स्थानमा छ । बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ स्थानमा रहँदा माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।
नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् ।
साग पदक तालिका