Sorry, your browser does not support JavaScript! नेकपा सचिवालयको बैठक बस्दै - Merodesh.news

नेकपा सचिवालयको बैठक बस्दै

काठमाडौं २३ मंसिर । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । कार्यकारी अधिकार पाएपछि पाँचमहिने कार्ययोजना बनाइरहेका नेकपा अध्यक्ष प्रचण्डले पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर बैठक बोलाएका छन् ।

अपराह्न नेकपा केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी नहुने जनाइएको छ ।  स्वास्थ्यका कारण धेरै दौडधूप गर्न नमिल्ने भएकाले ओलीको परामर्शमा प्रचण्डले बैठकको अध्यक्षता गर्न लागेको नेकपा स्रोतले जनाएको छ ।

दुवै अध्यक्षबीचको परामर्शपछि महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई एसएमएसमार्फत बैठक अपराह्न १ बजे धुम्बाराहीमा बस्ने सूचना पठाए ।

बैठकमा भर्खरै सम्पन्न उपनिर्वाचनका विषयमा समिक्षा गरिने समेत बताइएको छ । भक्तपुरको प्रदेशसभा र धरान उपमहानगरपालिकाको पराजयलाई नेकपाले समीक्षाको विषय बनाएको हो।

तथापि समग्र नतिजा भने नेकपाकै पक्षमा रहेको नेताहरुले बताएका छन् । सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउनेबारेमा पनि छलफल गर्नेछ । वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालयको प्रस्ताव स्थायी कमिटी बैठक नबसेका कारण कार्यान्वयन भएको छैन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल
कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल

नेपालमा ५९ जनालाई कोरोना संक्रमण देखिएको छ । सम्भावित महामारी नियन्त्रणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ । कोरोना परीक्षका लागि दायरा बढाइएको छ । विश्वभर फैलिएको कोरोनाको सम्भावित जोखिम[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]