Sorry, your browser does not support JavaScript! हङकङ प्रदर्शनमा उच्च सहभागिता - Merodesh.news

हङकङ प्रदर्शनमा उच्च सहभागिता

हङकङ २३ मंसिर । हङकङमा जारी सरकार विरोधी प्रदर्शनमा अहिलेसम्मके ठुलो सहभागिता भएको छ ।

सरकारको विरोधमा अहलेसम्मकै ठूलो प्रदर्शनमा झण्डै ८ लाख मानिस सहभागी भएको आयोजकले दाबी गरेको छ । तर हङकङको प्रहरीले भने १ लाख ८३ हजार जना सहभागी भएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाए ।

प्रहरीले ११ जनालाई पक्राउ समेत गरेको छ । प्रदर्शनकारीले हङकङलाई स्वतन्त्र बनाउनुपर्ने, पक्राउ परेकालाई रिहा गर्नुपर्ने र निष्पक्ष चुनाव गराउनु पर्ने माग राख्दै आएका छन् ।

उनीहरुले मोबाइल र टर्चलाईट बालेर सरकार बिरोधी नारा लगाएका थिए । हङकङ सरकारले विज्ञप्तीमार्फत् शान्ति कायम गर्न र विरोध नगर्न आग्रह गरेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]