एजेन्सी, २३ मंसिर । रियल मल्लोर्काका स्टार टेकफुसा कुबोले बार्सिलोनाका फ्यानले अझै पनि आफ्नो लागि सिटी बजाउने बताएका छन् । शनिबार बार्सिलोनासँग उसैको मैदानमा खेलेका कुबोले ‘मुभिस्टार’सँगको कुराकानीमा यस्तो बताएका हुन् ।
स्पेनिस ला लिगाअन्तर्गत साबिकको विजेता बार्सिलोनाले मल्लोर्काविरुद्ध ५–२ गोलान्तरको जित निकालेको थिया । बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे भने एन्टोइन ग्रिजम्यान र लुइस स्वारेजले समान एक–एक गोल गरेका थिए ।
उक्त खेलपछि बोल्दै कुबोले क्याप नोउमा आफ्ना लागि सिटी बज्नेमा आफू विश्वस्त रहेको बताए । जापाना युवास्टार कुबोले बार्सिलोनाको एकेडेमीमा केही समय बिताएका थिए । त्यसपछि रियल मड्रिड गएका उनी हाल लोनमा मल्लोर्काबाट खेलिरहेकाछन् ।
‘मेरा लागि सिटी बजाउने फ्यानको निर्णय हो’, १८ वर्षीय कुबोले भने, ‘मलाई लाग्छ कि बार्सिलोनाका फ्यानहरूले अझै पनि मेरा लागि सिटी बजाउँछन् । मेरो विचारमा म यसको हकदार पनि हुँ । अझ केही फ्यानले त मलाई अझै पनि समर्थन गर्छन् ।’