Sorry, your browser does not support JavaScript! अमेरिकी प्रतिबन्ध समाना गर्न इरानको ‘प्रतिरोधी बजेट’ - Merodesh.news

अमेरिकी प्रतिबन्ध समाना गर्न इरानको ‘प्रतिरोधी बजेट’

इरान २२ मंसिर । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकाले इरानविरूद्ध लगाएको प्रतिबन्धको सामना गर्न ‘प्रतिरोधी बजेट’ को घोषणा गरेका छन् ।

अमेरिकी प्रतिबन्धबाट परेको प्रभावलाई कम गर्न राष्ट्रपतिले ५ अर्ब अमेरिकी डलर बराबर रूसी लगानीसहितको बजेट आइतबार सार्वजनिक गरे ।

बजेटले अमेरिकी प्रतिबन्ध र इरानमा देशव्यापी चलेको आन्दोलनबाट इरानी अर्थतन्त्रमा परेको प्रभावलाई राहत दिने अपेक्षा गरिएको छ । बजेटको घोषणा गर्दै राष्ट्रपति रौहानीले बजेटबाट गत महिना इन्धनमा गरिएको मूल्यवृद्धिलाई लिएर आन्दोलनमा रहेका इरानी जनतालाई राहत दिने विश्वास व्यक्त गरे ।

संसदमा बजेटबारे बोल्दै राष्ट्रपति रौहानीले सरकारले अमेरिकी नाकाबन्दीका कारण इरानमा परेको प्रभावलाई कम गर्न ४ हजार ८ सय ८५ ट्रिलियन इरानी रियल (झण्डै ३६ अर्ब अमेरिकी डलर) को ‘प्रतिरोधी बजेट’ ले राहत गर्ने बताए ।

तेल निर्यात प्रमुख आम्दानीको स्रोत रहेको इरानमा नाकावन्दीका कारण परेको आर्थिक सङ्कटलाई सहयोग गर्ने उद्देश्यले इन्धनमा व्यापक मूल्यवृद्धि भएको र यसविरूद्ध इरानी जनताले सडकमा प्रदर्शनसमेत गरेका छन् । प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा प्रदर्शनकारीको मृत्यु भएको थियो ।

अमेरिकाले सन् २०१५ मा भएको इरान आणविक सम्झौतामा अमेरिकालाई कुनै लाभ नभएको भन्दै पुनः सम्झौता गर्न इरानमाथि दवाब दिन नाकावन्दी गरिएको जनाउँदै आएको छ । इरानी अर्थतन्त्रमा पछिल्ला केही बर्षमा परेको प्रभावका कारण इरानले व्यापक मुद्रास्फीतिको सामना गरिरहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]